Loading... आजः २०७८, ५ असार शनिबार

गजल – दिलको आइडिमा

दिलको आइडिमा तिम्रै नाम को पासपोर्ट राखेर ।।
जिन्दगीभर सहयात्रा गर्ने अठोट राखेर ।।

निश्चय तब मात्रै गर्नु प्रेमयुद्दमा होमिले ।
नङमासु जस्तो सम्बन्ध को बनोट राखेर ।।

अभिनय मा कति पोक्त हुन्छन् है आमाहरू ।
बाहिर मुस्काइरहन्छन मनमा अनेक चोट राखेर ।।

काधमा जिम्मेवारी बोक्ने बेला युवाहरू।

खोला,झाडी पस्छ्न खल्तीमा गाजा चुरोट राखेर ।।

त्रिवेणि बाध्य छ यातना र जोखिम सहन ।
जानाजान मनको आगन मा काडाको बोट राखेर ।।
लेखक ः रचना अधिकारी
दैलेख हाल काठमाडौ