गजल-जन्मघर छोडी
जन्मघर छोडी बसाई सर्नु पर्छ बाबा
छोरी भै जन्मे, यस्तो गर्नु पर्छ बाबा
भाइसंगै हुर्कीयकी म अभागी छोरी
आगन देखि मखमलीझै झर्नु पर्छ बाबा
जन्मिदा नि जोखिम जन्माउदानी जोखिम
त्यसैले त अकाल मै मर्नु पर्छ बाबा
बर्सौको यो नाता तोड्न रहर कस्लाई हुन्छ
तै पनि सम्बन्धको सेती तर्नु पर्छ बाबा
म नहुदा यो घर शून्य जस्तै लाग्छ केहिदिन
हजुर पनि बिस्तार बानी पर्नु पर्छ बाबा
लेखक: नारायण कुमार शाही
चामुन्डा दैलेख











