मन रोयको बेलामा (गजल)
मन रोयको बेलामा पनि मित्र मुस्कुरायो ।
खुसियाली मनाउदै मेरो बिदाइमा आयो।
यति सम्म हुदा मलाई दुख लागेको होइन ।
दुख लागेको हो जब उस्ले खन्जर उठायो।
कयौं सपना यी आँखा मा बोकेर आयको छु ।
फेरि आखामा कस्ले धारिलो छुरा चलायो ।
सिरमा टेकेर हिड्नु भो इज्जत पायको बेला ।
सोच्नु भयन यहि कारण कतिले इज्जत गुमायो।
फर्किने छु बाचेर मलाई बिश्वास छ चिहानबाट ।
चिहानमा पुगेको मान्छे फर्किन कसले बतायो।
भैरवी गाउँपािलका, दैलेख











