Loading... आजः २०८२, १७ जेष्ठ शुक्रबार

गुराँस गाउँपालिकाले अलपत्र नागरिकको उद्धार गर्याे

दैलेख ः जिल्लाको गुराँस गाउँपालिकाले देशभर अलपत्र परेका आफ्ना नागरिकहरूलाई उद्धार गरेको छ ।
देशभर अलपत्र परेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा १६० जनालाई बिभिन्न ठाउँबाट उद्धार गरिसकेको र शुक्रबार मात्र काठमाडाँैबाट ३८ जना र पर्वतबाट ज्याला मजदुरी गरिखाने १४ जना आफ्ना नागरिकहरूलाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उनका अनुसार कोरोना महामारिको समयमा होस् या प्राकृतिक बिपत्तिमा गाउँपालिकाले आफ्ना नागरिकहरूलाई बिभिन्न महाबिपत्तिमा सहयोग गर्दै आईरहेको छ ।

पालिकाले आफ्ना नागरिकहरू बाहेकका अन्य पालिकाहरूका अलपत्र नागरिकहरूको समेत उद्धार गरेको छ । सुर्खेतको चिङ्घाड गाउँपालिका र बिरेन्द्रनगरका देशभर अलपत्र परेका नागरिकहरू ४३ जनाको समेत उद्दार गरेको छ । गाउँपालिकाले बिपतमा परेका नागरिकहरूलाई उद्धार संगै खाद्य सङ्कट र महङ्गिबाट जोगाउन गुराँसले हरेक वडाहरूमा सुपथ मुल्यको पसलपनि सञ्चालन ल्याएको अध्यक्ष वलिको भनाई छ ।