Loading... आजः २०७८, ४ आश्विन सोमबार

अनौठो रुख, जसको हाँगामा निस्किन्छ मानिसको आकार

काठमाडौं, १० जेठ २०७७ : हामिले धेरै प्रकारका रुखहरु देखेका छौ । कुनै कस्तो आकारको रुख हुन्छन् त कुनै कस्तो । तर यस्तो अनौठो आकारको रुख पनि हुन्छ, जसको हाँगा मानिसको आकारको जस्तै हुन्छ । फ्लीस फ्लावर नाम गरेको यो रुखको हाँगा मानिस जस्तै देखिन्छ ।

तर यसमा देखिएको मानिसको आकार महिला वा पुरुष छुट्टाउन गाह्रो हुन्छ । यो रुख चीनमा रहेको छ । यो रुखलाई निकै लोकप्रिय मानिन्छ। यो रुखमा अन्य रुख भन्दा फरक गुण हुन्छ। यसको हाँगा सम्पुर्ण स्तरमा विकसित हुदै जाँदा आकारमा पनि परिर्वतन हुदै जान्छ र मानिसको पुत्ला जस्तो देखिन्छ ।

चीनको यो रुखको औषधि पनि बनाउने गरिएको बताइएको छ । भारतमा बनाइने नुस्खे औषधिमा यसको प्रयोग भएको पनि बताइएको छ । यसले मिर्गौला र कपाल झर्ने समस्या भएका लाई ठिक गर्न सहयोग गर्ने बताइन्छ । यस्तो अनौठो आकारको रुख जसको हाँगा मानिसको आकारको जस्तै हुन्छ ।