कर्णालीमा ४ जना काेराेना संक्रमित
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएकाे परीक्षणमा शनिवार ३ जनामा काेराेना संक्रमण देखिएकाे हाे। संक्रमणकाे पुनः पुष्टीका लागि स्वाब नेपालगंज पठाइएकाे थियाे। नेपालगंजमा गरिएकाे परीक्षणमा पजि पाेजेटिभ देखिएकाे हाे। गत सोमबार दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । याे संगै कर्णालीमा काेराेना संक्रमितकाे संख्या ४ पुगेकाेे हाे।
बिहीबार भारतबाट आएका १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियाे ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ संक्रमित मध्ये २ जना बराहताल र एक जना चाैकुने गाउँ पालिकाकाा रहेकाे बताइएकाे छ।
बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो ।
अहिलेसम्म चारै जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए । (कर्णालीपत्र)




