Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

क्वारेन्टाइनमा बसेकाको बेहाल

जिल्लाका अधिकांश ठाउँमा क्याम्पस र सामुदायिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ । त्यस मध्येको एक हो, नारायण नगरपालिकास्थित नारायण क्याम्पस रामपुरको क्वारेन्टाइन । उक्त क्वारेन्टाइनमा झण्डै अढाई सय व्यक्ति बसिरहेका छन् । त्यहाँ बसेका तीन जनामा आरडीटी पोजिटिभ देखिएपछि बनेका अन्य व्यक्ति भन्छन्, ‘हामीलाई भेडाबाख्रा जसरी राखिएको छ, हामी सुरक्षित छैनौँ, स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार गरेनन् ।’

क्वारेन्टाइनमा बसेका सुरेन्द्र राना भन्छन्, ‘डेक्स बेन्च जोडेर सुत्नु परेको छ, शौचालय छ, खानपिनको समेत समस्या छ ।’ क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कसैले चासो नदेखाएको उनले बताए ।

(अन्नपुर्णा पाेष्ट)

समाचार