Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

फेसबुकले सुरु गर्‍यो अनलाइन सपिङ प्लाटफर्म

काठमाण्डाै ः  सोसल मिडिया साइट फेसबुकले नयाँ ई–कमर्स प्लाटफर्म ‘फेसबुक शप’ सार्वजनिक गरेको छ । साथै फेसबुक र इन्स्टाग्राम लगायतका प्लाटफर्मलाई व्यवसायिक प्रयोजनका लागि समेत उपयोगी हुनेगरी सपिङसँग सम्बन्धित विभिन्न नयाँ फिचरहरु थप गरेको छ ।

फेसबुक सीईओ मार्क जुकरबर्गले फेसबुकको लाइभ भिडियो प्रसारणमार्फत उक्त नयाँ सेवाको घोषणा गरेका हुन् । फेसबुकको नयाँ सपिङ प्लाटफर्मले कोरोना भाइरस महामारीको बेला समस्याग्रस्त बनिरहेका लघु व्यवसायहरुको प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

समाचार