Loading... आजः २०८१, ३० फाल्गुन शुक्रबार

कौटिन्हो अनुबन्धका लागि प्रिमियर लिगका तीन क्लबको चासो

सोलुखुम्बु : ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो अनुबन्धका लागि प्रिमियर लिगका तीन क्लबले चाँसो देखाएको छ । बार्सिलोनाका मिडफिल्डर कौटिन्हो अनुबन्धका लागि चेल्सी, म्यानचेस्टर युनाइटेड र लेष्टर सिटीले चाँसो देखाएका हुन ।

तीनै क्लबले अनुबन्धका लागि कौटिन्होको एजेन्टसँग भेट गरेको बताईएको छ । यस अघि कौटिन्हो अनुबन्धका लागि न्युकासलले समेत चाँसो देखाएको थियो । बार्सिलोनाले कौटिन्हो अनुबन्धका लागि ७१ मिलियन पाउण्ड बढीको बोलि लगाउने अनुमान गरिएको छ ।

अहिले कौटिन्हो लोनमा जर्मन क्लब बार्यन म्युनिखमा रहेका छन । बार्सिलोनाले वार्यनलाई कौटिन्होलाई स्थायी रुपमा अनुबन्धको लागि समेत अवसर दिएको छ । तर बार्यन म्युनिखले उनलाई स्थानिय रुपमा राख्ने सम्भाबना कम छ ।