डराएर त्यसै थुर–थुर कहाँ हुन्छु- गजल
छाड्यौ भन्दैमा मायाँ दुर कहाँ हुन्छु
डराएर त्यसै थुर–थुर कहाँ हुन्छु
तिमी अर्कै सगँ रमाएर गए पनि
बुद्धको शान्ति बिर्सी रिसले चुर कहाँ हुन्छु ।
बिछोडको पिडाले छाति चस्कीन्छ
तर पनि एक्लो हुदा झुर कहाँ हुन्छु ।
तिमिलाई दान उसलाई दिए भने
भगवान ठान मलाई महिषासुर कहाँ हुन्छु ।
छाड्यौ भन्दैमा मायाँ दुर कहाँ हुन्छु
डराएर त्यसै थुर–थुर कहाँ हुन्छु ।
–मिलन तिमिल्सेना
बर्दिया
