८ वर्षीया बालिकामाथि ओढारमा बलात्कार
सुर्खेतको लेकबेशी नगरपालिकाकी ८ वर्षीया बालिकामाथि बलात्कार भएको दाबीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत भरत शाहले जेठ १२ गते बिहान १० बजे लेकबेशी नगरपालिका–७ स्थित भेरी नदी नजिकैको ओढारमा बालिकालाई लगेर बलात्कार गरिएको उजुरीमा उल्लेख छ ।
बलात्कारमा कुइरेगाउँ निवासी ४४ वर्षीय पुरुषलाई आरोपी बनाइएको छ । ‘उजुरी दर्ता भइसकेको छ । बलात्कारका आरोपी फरार रहेका छन्,’ उनले भने, ‘खोजी कार्य जारी छ ।’ -लोकान्तर बाट




