Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखमा थप ८ कोरोना संक्रमित, संक्रमितको संख्या १६ पुग्यो

दैलेखः दैलेखमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको परीक्षण अनुसार दैलेख नारायण नगरपालिका–१ का २६ बर्षिया पुरुष, ३ का १९, ३०, ३६ र ४० बर्षिया पुरुष, नारायण ४ का १ वर्षिया बालक, २० वर्षिया महिला र ५ का १७ वर्षिया पुरुष रहेका छन् ।

कर्णालीमा यस अघि ३८ जनामा संक्रमण पुष्टी भएको थियो ८जना नयाँ थपिए पछी संक्रमितको संख्या ४६ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले बताए ।

समाचार