‘खतरनाक खेलाडी’
यो लेखको शिर्षक हेरेर तपाईंहरु सोच्दै हुनुहुन्छ होला लेखकले कुन खेलको बारे बर्णन गर्दैछ, बिस्वकै लोकप्रिय खेल फूटबल, अथवा क्रीकेट या अन्य कुनै ।
तपाईंहरुले सोचेको खेल भन्दा अलि माथिको खेल, खेलहरुको पनि बादसाह, सबै क्षेत्रलाई आफ्नो काबुमा राख्न सक्ने खेल, देश र दुनियाँलाई कब्जा गर्न सक्ने खेल, त्यो हो राजनितिको खेल ।
हो मलाई बढो अनौठो उर्जा आउँछ, बढो आनन्द आउँछ, शरीर, मन र मस्तिष्क एकसाथ तरङित हुन्छ जब कसैले ‘राजनीति’ शब्दको उच्चारण गरेको सुन्छु । म मात्रै होईन यहाँ ‘राजनीति’ शब्द सुन्ने बित्तिकै तरङित हुने मानिसहरुको जमात धेरै छ ।
गाउँमा पानी –पधेरो, लेक –बेशी, चोक –चौतारो, मेलापात, अनि शहरमा सानातिना चिया पसल, भट्टी पसल, रेस्टुरेन्ट, बार अनि पाँच तारे होटलसम्म जहाँ पनि गुन्जिरहेका हुन्छन् राजनैतिक गफगाफहरु ।
नेपालमा ईतिहासका विभिन्न काल खण्डमा विभिन्न आन्दोलन, जनाआन्दोलन अनि क्रान्तिहरु सफल भए । जनताले केही हदसम्म अधिकारहरु पनि प्राप्त गरे । तर पनि नेपाली जनताहरुबाट पुर्ण रुपमा संतुष्ट र सबैले मन पराउने खालको नेतृत्व नपाएको गुनासाहरु सुनिरहन्छ्न ।
चाहे जुनसुकै पार्टिका नेताहरु हुन् किन प्रयास गर्दैनन्, जनप्रिय बन्न ? आखिर किन पूरा गर्न सक्दैनन् जनताका चाहानाहरु र आफुले गरेका बाचा–प्रतिबद्धताहरु ?
म अबको दुई दशक पछि आउने कुनै एक ईमानदार नेताको कल्पना गरिरहेछु । जो ब्यक्ती नेपाली राजनितिको खास ‘खतरनाक खेलाडी’ हुनेछ ।
‘खतरनाक’ शब्द मैले यहाँ एक ईमानदार ,जनभावना बुझ्ने र आफुले गरेका सकारात्मक प्रतिबद्धताहरुमा अडिक रहन सक्ने ब्यक्तीको एक बिशेश गुणको रुपमा प्रयोग गरिरहेको छु ।

म एक असल र नेपाली राजनीतिको चम्किलो ताराको कल्पना गरिरहेछु । सर्बप्रथम उक्त नेताको प्रमुख विशेषता भनेकै ‘देशभक्ती’ हुनेछ । नेपालको सम्पुर्ण स्रोतसाधनहरुलाई उपयोग गरि नेपाली दाम , सीप, जोश, जागर, बिचारलाई प्रयोग गरि नेपाली सम्पुर्ण युवाहरूलाई देश भित्रै रोजगार दिन सक्ने, नेपालको वैदेशिक ऋण तिर्न सक्ने, प्रकृतिको संरक्षण गर्दै नेपाली माटो सुहाउँदो बिकाश गर्न सक्ने, नेपालको सिमानामा नेपाली सैनिक खटाउन सक्ने, बिश्वको अगाडि नेपालको स्वाभिमानलाई उठाउन सक्ने हो यस्तो खालको राजनितिक खेलाडिको उदय भएको म हेर्न चाहान्छु ।
सम्पुर्ण नेपालिहरुको मनमुटुमा बस्न सक्ने, नेपाली राजनीतिमा मात्रै नभएर समग्र विश्व राजनीतिमै तहल्का मच्चाउन सक्ने, विश्व राजनीतिको ईतिहासको पानामा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन सफल हुने , नेपालआमाको कोखबाट जन्मिएको त्यो सपूत को हुने होला ? अबको दुई दशक पछि नेपाली राजनितीको त्यो ‘खतरनाक खेलाडी’ को बन्ला ? तपाईं, म या अरु कोहि ? (यो लेख एक काल्पनिक लेख मात्रै हो ।) धन्यवाद ।








