Loading... आजः २०८३, २८ जेष्ठ बिहीबार

समाचारले जन्माएको यादव खरेलको कविता : पानी चल्दैन

पानी चल्दैन, श्रम चल्छ (कविता)


पानी चल्दैन, श्रम चल्छ रे
हामीलाई अझै पनि अछूत भन्छ रे
भेदभाव जारी रहे क्रान्तिको आगो बल्छ रे ।

खाने वेला भएपछि छुन नहुने
शोषणको दुखाइमा रुन नहुने
ऐन छ एकातिर न्याय बोल्दैन
हामीलाई दुख्दा किन तिम्लाई पोल्दैन ?
हामीलाई अछूत भन्ने अब गल्छ रे
भेदभाव जारी रहे क्रान्तिको आगो बल्छ रे ।

सामाजिक अन्याय अझै उस्तै छ
ठूलाठूला नीति बन्छन् न्याय सुस्तै छ
पाप कर्म छोड्ने चेतना किन खुल्दैन ?
तिम्रो आँतमा भित्र समता किन फुल्दैन ?
मानिसलाई अछूत भन्दा मुटु जल्छ रे
भेदभाव जारी रहे क्रान्तिको आगो बल्छ रे ।।

समाचार

सम्बन्धित समाचार