निको भएका बिरामीको परीक्षण पोजेटिभ देखिनु पुनः संक्रमण होइन: डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुडब्लूएचओको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पाजेटिभ देखिएको बताएका थिए । यसपछि चीनमा पनि यस्तो मामिला बाहिर आएको थियो जसलाई कोरानाको दोस्रो लहर भनेर अनुमान गरिएको थियो । नेपालमा पनि अहिले ३ जनामा यस्तै दोहोरिएको छ ।डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । ‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उनले भने, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’
डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रोग्रामको हिस्सा र संक्रामक रोग महामारीकी विज्ञ मारिया वान केहोबले मृत्त कोशिकाको बारेमा सम्झाउँदै भन्छिन्, ‘जब हाम्रो फोक्सोले आफैलाई ठीक गर्न थाल्छ, तब त्यहाँ रहेको मृत्त कोशिकाहरु बाहिर आउन थाल्छन् । यी फोक्साका सुक्ष्म अंश हुन्छन् जो हाम्रो नाक र मुखको बाटो हुँदै बाहिर निस्कन्छन् । यी कोशिका संक्रामक भाइरस होइनन् । यो पुनः संक्रमण भएको पनि होइन । यो उपचार प्रक्रियाको एक हिस्सा हो । तर, के यसको कारण बिरामीले प्रतिरोधात्मक शक्ति प्राप्त गर्यो ? यसको उत्तर भने हामीसँग अहिले छैन ।’ डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रोग्रामको हिस्सा र संक्रामक रोग महामारीकी विज्ञ मारिया वान केहोबले मृत्त कोशिकाको बारेमा सम्झाउँदै भन्छिन्, ‘जब हाम्रो फोक्सोले आफैलाई ठीक गर्न थाल्छ, तब त्यहाँ रहेको मृत्त कोशिकाहरु बाहिर आउन थाल्छन् । यी फोक्साका सुक्ष्म अंश हुन्छन् जो हाम्रो नाक र मुखको बाटो हुँदै बाहिर निस्कन्छन् । यी कोशिका संक्रामक भाइरस होइनन् । यो पुनः संक्रमण भएको पनि होइन । यो उपचार प्रक्रियाको एक हिस्सा हो । तर, के यसको कारण बिरामीले प्रतिरोधात्मक शक्ति प्राप्त गर्यो ? यसको उत्तर भने हामीसँग अहिले छैन ।’








