Loading... आजः २०८२, १५ जेष्ठ बुधबार

चीन र भारतको सीमाक्षेत्रमा दोहोरो भीडन्त, ११ सैनिक घाइते

काठमाडौं । गत शनिबार भारतको सीमाक्षेत्र सिक्किममा चीन र भारतका सैनिकबीच दोहोरो भीडन्त भएको छ । उक्त भीडन्तमा दुवैतर्फका ११ सैनिक घाइते भएको भारतिय मिडियाले जनाएको छ ।

स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार उक्त भीडन्त भएको हो । जानकारी अनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् ।

यद्यपि, स्थानीयस्तरमा यो विवाद सुल्झाइएको छ । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए ।