Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

के विकास बोर्डमा निखिलको रुचि थिएन ?

अहिले चलचित्र विकास बोर्ड नयाँ अध्यक्षको खोजीमा छ । अध्यक्ष बन्ने दौडमा पुरानो पुस्तादेखि नयाँ पुस्ताका चलचित्रकर्मीहरु मैदानमा उत्रिएका छन् ।

केही समय अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष बन्न नायक निखिल उप्रेती पनि जुर्मुराएको समचार बाहिरियो । निखिलले अध्यक्ष बन्नको लागि आन्तरिक रुपमा लबिङ सुरु गरेको समचारहरु पनि नबनेका हैनन् । तर, निखिल आफैँले औपचारिक रुपमा भने अध्यक्ष बन्न लागेको विषयमा बोलेका थिएनन् ।

अहिले निखिलले आफू चलचित्र विकास बोर्डमा नजाने प्रष्ट पारिसकेका छन् । आफूले आन्तरिक लबिङ गरेको कुरा पनि उनले झुटो भएको बोलेका छन् । आफ्नो २ दशक लामो करिअर विकास बोर्डमा गएर बदनाम गर्ने मन नभएको निखिलको भनाई छ ।

अनि कहाँबाट सुरु भयो त निखिलको चर्चा ? प्रश्न उठ्छ ।

निखिलको नाम मन्त्रालयबाट नै सिफारिस भएको बुझिएको छ । निखिलको रुचि बुझ्नको लागि मन्त्रालयका केही व्यक्तिले निखिलको नाम सिफारिस गरिदिएका थिए ।

तर, निखिलले उक्त कुरामा चासो दिएनन । अहिले विकास बोर्डमा गएर काम गर्न सक्ने वातावरण नभएको भन्दै निखिल पछाडि हटेका थिए ।

अब भने विकास बोर्ड अध्यक्ष बन्ने दौडमा निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, निर्माता अर्जुन कुमार र अभिनेता सोहित मानन्धर रहेका छन् । अनलाइन खबर

समाचार