Loading... आजः २०८२, ३० फाल्गुन शनिबार

अनलाइन र रेडियो कर्णालीमा नै दर्ता

सुर्खेतः कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशबाट नै एफएम रेडियो र अनलाईन न्युज पोर्टल कर्णालीमा दर्ता गर्ने संचार कार्यबिधि ल्याएको छ । ऐनमा कर्णालीमा नै एक हजार वाटको रेडियो र अनलाइन न्युज पोर्टल दर्ता गर्न सक्ने कार्यबिधि ल्याएको हो ।

केन्द्रको सूचना प्रबिधि कार्यबिधि अनुसार नै प्रदेशमा सूचना प्रबिधि कार्यबिधि ल्याएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याएको छ ।

कर्णाली प्रदेशबाट नै अब रेडियो तथा अनलाइन न्युज पोर्टल दर्ता गर्ने कार्यबिधि तयार पारेको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘एक हजार वाटको रेडियो प्रदेशबाट नै दर्ता हुनेछ ।’ उनले भने,‘अनलाइन पनि अब प्रदेशमा नै दर्ता गर्ने कार्यबिधि बनेको छ ।’

रेडियो फ्रिवेक्सी भने संघीय सूचना तथा प्रबिधि मन्त्रालयबाट लिनु पर्ने प्रदेशबाट रेडियो दर्ता गर्ने कार्यबिधि रहेको छ । ‘फ्रिवेक्सी हामीले दिन सक्दैनौं । यसका लागि संघीय सरकारले दिनेछ ।’ भण्डारीले भने,‘प्रदेशले दर्ता मात्र गर्नेछ ।’

कार्यबिधिमा प्रदेशमा दर्ता भएका संचार माध्यमले प्रदेश सरकारबाट अनुदानको व्यवस्था पनि गरिने मन्त्री भण्डारीले बताए । (कर्णाली पत्र)