Loading... आजः २०८२, १९ मंसिर बिहीबार

मानसिक स्वास्थ्यका कलंकबारे युवाहरूलाई अभिमुखिकरण

मानसिक स्वास्थ्यका कलङ्बारे दैलेखमा युवाहरूलाई एक दिने अभिमुखिकरण तालिम सन्चालन भएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा टिपिओ नेपाल९बहुसास्कृित मनोसामाजिक सस्था०ले दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा युवाहरूमा भएको पछिल्लो मानसिक स्वास्थ्यका समस्याहरूमा युवाहरूलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ ।
नारायण नगरपालिका कार्यालय अन्तर्गतको महिला बिकास शाखा र टिपिओ नेपालको सयुक्त आयोजनामा जिल्लामा भएका महिला तथा उपेक्षित बर्गमाथि हुने गरेको हिंसा,शोषण दिन प्रतिदिन बढ्दै गएको र यसमा बिशेषगरि युवाहरू युवाहरूमात्र नभई सबैले आ आफ्नो ठाउबाट उत्पिडनले पार्ने दृघकालिन,मनोसामाजिक असरहरूको बिषयमा सबैले चिन्ता चासो र आवश्यक सहयोग गर्न र तेसका असरहरूका बारेमा मनोबिमर्शकर्ता उर्मिला बिसिले बताईन् ।
टिपिओ नेपाल परियोजनाको कार्यक्षेत्र नारायण नगरपालिकामा पछिल्लो समय सशक्त महिला समृद्द नेपाल परियोजना अन्तर्गत लैंगिक हिशां मनोसामाजिक सहयोग, लैगिक उत्तरदायित्व,समावेशि शासन,सामाजिक उत्तरदायित्व प्रबद्दन नीति र समाबेशिकरणका बिषयमा भएका गतिबिधिहरूमा बिशेषगरि युवा सक्रियताको आवश्यकता सवाल र मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि जिल्लामा विभिन्न निकायसगै टिपिओ नेपालले आबश्यक सल्लाह सहजीकरण गर्दै अगाडि बढिरहेको बिसिले बताईन् ।
नारायण नगरपालिका अन्तर्गत भयर काम गर्ने टिपिओ नेपालले नगरमा थुप्रै मनोसमाजिक सगसगै घरेलु हिसामा परेका मानसिक स्वास्थ्यमा असर परेका पार्न सक्ने र तेसको असरका बारेमा विभिन्न गतिबिधिहरू सन्चालन गर्दै आयको छ जसमा नारायण नगरपालिका अन्तर्गतको महिला शाखा स्थानिय प्रहरिको सहयोगले कार्यक्रम थप प्रभावकारि बन्दै गएको छ ।