Loading... आजः २०७८ बैशाख २३, बिहीबार

समिक्षा अधिकारीको आवाजमा म’न छु’ने नयाँ गित

काठमाडौं – गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

युट्युव सात लाख बढीले हेरिसकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ ।

गीतको भिडियोमा आवी रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।

सङ्गीतकार थापा पछिल्लो समय निकै व्यस्त छन् । उनका गीतले युट्युवमा पनि उत्तिकै भ्यूज बटुलिरहेका छन् । उनका धेरै गीत करोड क्लबमा छन् ।

उनले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युवमा ६ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको बर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।