Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

आयो ब्याकुली

काठमाडौं । गायिकाद्वय मेलिना राई, एलिना चौहान र गायकद्वय अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीत सार्वजनिक भएको छ । गायक अजय कार्कीकै शब्द रहेको ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा संगीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’ को ¥याप  रहेको छ । किशोर थापाको मास्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफी छ । भिडियोमा अभिनेता पल शाह, उशा उप्रेती, सुप्रिया खनाल र रञ्जित सिञ्जाली मगरको अभिनय छ । रामकुमार केसील छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई अजय र रञ्जितले निर्माण गरेका हुन् । अजय र रञ्जितले भने,  ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीत र भिडियो स्रोता÷दर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग र माया पाउनेमा आशावादी छौं ।’

समाचार