Loading... आजः २०७८, १० श्रावण आईतवार

गीतमा देशप्रेम

काठमाडौं । गायक तथा संगीतकार हरि लम्सालले नयाँ गजल गीत ल्याएका छन् । ‘यो शिर झुकेको छैन’ बोलेको गीतमा श्रम र देशप्रेमको भावलाई कलात्मक रुपमा उतारिएको छ । कपिल अन्जानको शब्द रहेको गीतमा लम्सालकै संगीत रहेको छ । देश बनाउन सबैजना लाग्नुपर्ने सन्देश रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावनालाई उठान गरिएको छ । शक्ति पाख्रिनले निर्देशन गरेको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय छ । मिलन एक्स तामाङको छायांकन रहेको गीतको भिडियो सम्पादन अन्जल शर्माले गरेका छन् ।