Loading... आजः २०८२, ८ जेष्ठ बुधबार

जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’

काठमाडाैं । जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ ।

राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन ।

भिडियाको निर्देशन हिमाली आफैले गरेको छ । गीतले सामाजिक सञ्जाल चर्चा पाउन थालेको छ । गायिका सनमले दुई दर्जन गीत बजारमा ल्याइसकेकी छन । उनका यसअघि ‘हिजो राति केके भो केके’ युट्युवमा १९ लाख पटक हेरिएको छ ।