Loading... आजः २०७८, ८ कार्तिक सोमबार

रिता भण्डारिको तिम्रो काखमा म्युजिक भिडियो सार्वजनिक

दैलेख, सर्जक रिता भण्डारिको तिम्रो काखमा नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दैलेख जिल्लाको उर्वर भुमिमा जन्मिएकि चेलि रिता भण्डारिको शब्दमा कुशलराज खड्काको स्वर रहेको उक्त म्युजिक भिडियो मिडिया पिक्चर्स नेपालको ब्यानरमा निर्माण भएको हो ।
भण्डारिको उक्त म्युजिक भिडियोमा लामो समयदेखि मोडलिङ्ग गर्दै आएकि गरिमा शर्माले अभिनय गरेकि छिन् भने मोडलमा गणेश हमालले अभिनय गरेका छन् । ओएसआर डिजिटल अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो आम श्रोताले मन पराउने,गितमा प्रेमि प्रेमिकाबिच मायाका शब्दहरू गितमार्फत राख्न खोजिनुका साथै आफ्नो आत्मसन्तुष्टिका लागि आफ्ना शब्दहरू सयोजन गरि आम दर्शक समक्ष आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेको र सबैले मन पराईदिने सर्जक भण्डारिको दावी छ ।
उक्त म्युजिक भिडियो सयोन श्रेष्णको निर्देशन गरेको एस म्युजिक भिडियोमा गीमा अनिल रानाले सम्पादन गरेका हुन ।